संविधान दिवसका अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजनाः राष्ट्रपति र प्रधानमन्त्री सहभागी

काठमाडौँ– राष्ट्रिय दिवसका रूपमा मनाइने संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह सुरु भएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साहलगायत सरकारका प्रमुखहरू, विशिष्ट पदाधिकारी तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विभिन्न सांस्कृतिक झाँकी टोलीले कवाज र सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

संविधान दिवसका अवसरमा देशभरका विभिन्न स्थानका साथै विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा पनि विविध कार्यक्रम आयोजना गरी दिवस मनाइँदै छ ।