काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत उसु महिला चाङछ्वान विधामा नेपालकी सुस्मिता तामाङले १३औँ स्थान हासिल गरेकी छन्।
जापानको आइची प्रिफेक्चुरल मार्सल आर्ट्स हलमा सम्पन्न प्रतिस्पर्धामा सुस्मिताले ९.५८० अङ्क प्राप्त गर्दै १३औँ स्थानमा रहेकी हुन्। नेपाल उसु महासङ्घका अनुसार उनले उक्त अङ्क प्राप्त गरेकी हुन्।
यस विधामा हङकङकी लिडिया हुई यु शामले ९.७१३ अङ्कसहित स्वर्ण पदक जितिन्। मकाउकी चो मानले ९.७१० अङ्क प्राप्त गर्दै रजत पदक हासिल गरिन् भने इन्डोनेसियाकी युजेनिया दिवा विडोडोले ९.७०६ अङ्कसहित कांस्य पदक जितिन्।






