भोटेकोशी विपद् अध्ययन गर्न संसदीय विशेष समिति गठन

काठमाडौं – विपद्पछिको अवस्था अध्ययन तथा आवश्यक काम अघि बढाउन संसदीय विशेष समिति गठन गरिएको छ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठनको प्रस्ताव’ प्रस्तुत गरिएको हो।