नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं– यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ।

आज नेप्से परिसूचक ५.१९ अङ्कले वृद्धि हुँदै दुई हजार ५०९.०४ विन्दुमा पुगेको छ।

नेप्सेका अनुसार आज ३१३ कम्पनीका ५५ लाख ९६ हजार ७७ कित्ता शेयर २७ हजार ८९९ पटक खरिदबिक्री भएका छन्। यस दिन कुल कारोबार रकम दुई अर्ब ६६ करोड १३ लाख दुई हजार २८४ रुपैयाँमा सीमित भएको छ।

आजको कारोबारमा जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, व्यापार र अन्य समूहका उपसूचक बढेका छन्। बाँकी सबै समूहका उपसूचक भने घटेका छन्।

कारोबारका क्रममा एसबिएल डिबेन्चर २०८९ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयर मूल्य ७.१६ प्रतिशतले घटेको छ। आजको कारोबारमा उक्त कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै घटेको हो।