काठमाडौँ । राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगकी अध्यक्ष कमला पराजुलीले उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेकी हुन् ।






