देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । देशभर आज मौसम आंशिक बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका अधिकांश भू–भागमा आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार दिउँसो हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

यस्तै, रातिको समयमा पनि देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाले मौसममा हुने परिवर्तनलाई ध्यानमा राखी दैनिक गतिविधि तथा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।