दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले अभियन्ता दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई आदेश दिएको छ।

न्यायाधीश हरि फुयालको इजलासले प्रसाईलाई पक्राउ गर्नुको कारणसहितको जवाफ ४८ घण्टाभित्र पेस गर्न साइबर ब्युरोका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

प्रसाईलाई पछिल्लो पटक असोज १२ गते पक्राउ गरिएको थियो। सर्वोच्चको आदेशपछि अब साइबर ब्युरोले उनलाई पक्राउ गर्नुको आधार र कारण अदालतसमक्ष पेस गर्नुपर्नेछ।