सिरहा । सिरहाबाट सशस्त्र प्रहरी बलले ११ सय किलो गाँजा बरामद गरेको छ । गएराति करिब १ बजे सिरहाको सुखीपुर नगरपालिका –१० विश्वकर्माचोक गागन खोलापुलबाट गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सुरक्षा बेश गोलबजार र सुरक्षा वेश सुखीपुरको संयुक्त टोलीले बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकलमा लैजादै गरेको गाँजा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
२६ वटा बोरामा प्याक गरिएको गाँजासहितको गाडी र मोटरसाइकल छोडेर चालक भने भागेका छन् ।






