कांग्रेस महाधिवेशनमा भएको टिप्पणीपछि बालेनको प्रतिक्रिया : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडौं: प्रधानमन्त्री बालेन शाहले नेपाली कांग्रेसका सभापति गगन थापाको अभिव्यक्तिप्रति सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका छन्। कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन सत्रमा सभापति थापाले प्रधानमन्त्री संसद्मा उपस्थित नहुने गरेको भन्दै आलोचना गरेका थिए।

आइतबार खुलामञ्चमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले संसद् खुला नभएको र त्यहाँ पनि खुलामञ्चको आवश्यकता रहेको भनी टिप्पणी गरेका थिए। थापाले कांग्रेसलाई नयाँ पार्टीको संज्ञा दिँदै प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएका थिए।

सोही कार्यक्रममा थापाको भनाइप्रति लक्षित गर्दै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’

प्रधानमन्त्री शाहले आफूले काठमाडौं महानगरको नेतृत्वमा रहँदा व्यवस्थित गरेको खुलामञ्चको प्रसङ्ग जोड्दै थापाको आलोचनाको जवाफ फर्काएका हुन्।