काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय कारोबारसम्बन्धी कसुरमा धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंसँग २ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।
प्रसाईंलाई गत असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा उनीविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो ।
प्रसाईंले युट्युबमार्फत सांसद खतिवडामाथि आपत्तिजनक तथा अपमानजनक टिप्पणी गरेको आरोपमा उनीविरुद्ध मुद्दा अघि बढाइएको थियो ।






