काठमाडौँ । नेकपा (एमाले) ले स्थायी कमिटी बैठक आह्वान गरेको छ । एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
गत असोजको पहिलो साता सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी गठन गरेपछि यो पहिलो बैठक बस्न लागेको हो ।
बैठकमा पार्टीका समसामयिक विषय, आगामी कार्ययोजना तथा संगठनात्मक विषयमा छलफल हुने बताइएको छ ।






