काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि पोखरा एभेन्जर्सले कन्टिनेन्टल कफीसँग साझेदारी गरेको छ।
पोखरा एभेन्जर्सले कन्टिनेन्टल कफीलाई आगामी सिजनका लागि आफ्नो आधिकारिक साझेदारका रूपमा स्वागत गरेको हो। क्लबले सामाजिक सञ्जालमार्फत साझेदारीको घोषणा गर्दै यसले आपसी सम्बन्धलाई थप मजबुत बनाउनुका साथै आगामी सिजनलाई ऊर्जावान् बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
एनपीएल सिजन ३ को तयारीमा रहेको पोखरा एभेन्जर्सले विभिन्न ब्रान्डसँग सहकार्य गर्दै आफ्नो व्यावसायिक साझेदारी विस्तार गरिरहेको छ।






