सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौँ – नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ५० हजार ५१५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ६० रुपैयाँले घटेर ४ हजार ३५५ रुपैयाँ कायम भएको छ।

महासंघका अनुसार मंगलबार १० ग्राम चाँदीको मूल्य ३ हजार ७३४ रुपैयाँ निर्धारण गरिएको छ।