फिफा यू–१५ विश्वकपमा नेपाल ट्युनिसियासँग ३–१ ले पराजित

काठमाडौं । फिफा यू–१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको छ ।

अजरबैजानमा भएको खेलमा नेपाल ट्युनिसियासँग ३–१ गोलले पराजित भएको हो । ट्युनिसियाका लागि अयुब नुरी, करिम मुख्तार र अजिज मालेजले गोल गरे । नेपालका अर्जुन मगरातीले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

प्रतियोगिताअन्तर्गत नेपालले अब आइतबार गिनी–बिसाउ र एल साल्भाडोरसँग प्रतिस्पर्धा गर्नेछ । त्यसैगरी, सोमबार ब्राजिल र डिआर कंगोसँग खेल्ने तालिका रहेको छ ।

नेपाल रहेको समूहमा ब्राजिल, डिआर कंगो, एल साल्भाडोर, गिनी–बिसाउ र ट्युनिसिया छन् ।