काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजबाट जितका लागि १५८ रनको लक्ष्य पाएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको हो। चितवनका लागि इंग्ल्यान्डका ब्याटर डेविड मलानले अर्धशतकीय पारी खेले।
नियमित कप्तान कुशल मल्लको अनुपस्थितिमा कप्तानी सम्हालेका रवि बोपराले ३२ रन बनाए। त्यस्तै, दान मौस्लीले २९ रनको योगदान दिए।
चितवनका देव खनालले १२ रन बनाए भने अर्जुन साउद तीन रनमा आउट भए।
विराटनगरका लागि आन्द्रे रसेल, एन्गलो म्याथ्यु र चरिथ असलंकाले समान एक–एक विकेट लिए।
अब विराटनगरले पहिलो खेलमा जित निकाल्न १५८ रन बनाउनुपर्नेछ।






