काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले समाचारको विषयलाई लिएर पक्राउ गरिएका पत्रकारहरूलाई तत्काल रिहा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी हुन् ।
दाहालका अनुसार पत्रकार पक्राउ गर्ने घटनामा प्रधानमन्त्री, उनको सचिवालय तथा कार्यालयको कुनै संलग्नता नरहेको र यसबारे पूर्वजानकारीसमेत थिएन ।
घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्री शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएका हुन् । साथै, समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको दाहालले बताएकी छन् ।
प्रधानमन्त्रीको निर्देशनले पत्रकार पक्राउको घटनाप्रति सरकारको ध्यानाकर्षण भएको र सञ्चारकर्मीमाथि हुने धरपकड रोक्न सम्बन्धित निकायलाई सचेत गराइएको संकेत गरेको छ ।






