काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेल पाँच–पाँच ओभरमा झारिएको छ।
लगातारको वर्षाका कारण निर्धारित समयमा खेल सुरु हुन नसकेपछि खेललाई पाँच ओभरमा सीमित गरिएको हो।
खेल सञ्चालनका लागि मौसम र मैदानको अवस्थालाई ध्यानमा राख्दै ओभर घटाउने निर्णय गरिएको हो। अब दुवै टोलीले पाँच–पाँच ओभर खेल्नेछन्।






