जनकपुरले पोखरालाई दियो १४८ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई १४८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको हो ।

जनकपुरका लागि तृतराज दासले सर्वाधिक ६१ रन बनाए । उनले ५५ बलमा २ छक्का र ७ चौका प्रहार गर्दै अर्धशतकीय पारी खेले । त्यस्तै अभिषेक तिवारीले १० बलमा २ छक्का र १ चौकासहित २४ रन तथा मोइन अलीले १६ बलमा १ छक्का र ३ चौकाको मद्दतमा २१ रन जोडे ।

पोखराका बलर शाकिब अल हसनले सर्वाधिक ३ विकेट लिए । चमिका करुणारत्नेले २ तथा मेहेदी हसन र मोहम्मद सैफुद्दीनले समान १ विकेट हात पारे ।