सुन बढ्दा चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो । यससँगै सुनको मूल्य प्रतितोला दुई लाख ७५ हजार रुपैयाँ कायम भएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ७४ हजार ३०० रुपैयाँ थियो । त्यसअघि आइतबार सुनको मूल्य ८ हजार ३०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ७२ हजार रुपैयाँमा झरेको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर तीन हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ७० रुपैयाँले बढेर तीन हजार ७२० रुपैयाँ पुगेको थियो भने आइतबार १७५ रुपैयाँले घटेर तीन हजार ६५० रुपैयाँ कायम भएको थियो ।