काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको मासुको मूल्य तोकियो : अब प्रतिकेजी ३५० रुपैयाँमा बिक्री हुने

काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य प्रतिकेजी ३५० रुपैयाँ निर्धारण गरिएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले काठमाडौं, ललितपुर र भक्तपुरमा मूल्यमा एकरूपता ल्याउने उद्देश्यसहित नयाँ खुद्रा दर तय गरेको हो।

बजारमा फरक-फरक दरमा मासु बिक्री भइरहेको गुनासो सम्बोधन गर्दै संघले व्यवसायीहरूलाई तोकिएको मूल्यमा मात्र कारोबार गर्न कडा निर्देशन दिएको छ। तिहार लगायतका चाडपर्व नजिकिँदै गर्दा माग बढ्ने समयमा मूल्य स्थिर राखिनु उपभोक्ताका लागि राहत बनेको छ भने तोकिएको दरभन्दा बढी असुल गरे सम्बन्धित निकायमा उजुरी गर्न र बजार अनुगमनलाई प्रभावकारी बनाइने संघले जनाएको छ।