भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने भ्रमणका लागि काठमाडौंमा

काठमाडौं- भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।

भ्रमणका क्रममा उनले नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईलगायतका उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यो भ्रमणका क्रममा नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल हुने बताइएको छ।