नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

नुवाकोट– मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०ः५५ बजे नुवाकोटको विदुर नगरपालिका–९ स्थित खड्कथोकमा बा.९९प.८२०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो।

प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल विदुर नगरपालिका–९ मा बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङ, विदुर नगरपालिका–१३ की ३१ वर्षीया विन्दा थापामगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापामगर घाइते भएका थिए।

तीनै जनाको उपचारका क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको प्रहरीले जनाएको छ।