काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले काठमाडौं गोर्खाजविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
चितवनले टस जितेपछि काठमाडौं गोर्खाजले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा लक्ष्य प्रस्तुत गर्नेछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल आज साँझ ५ बजे सुरु हुनेछ।
दुवै टोली जित निकाल्दै अंकतालिकामा आफ्नो स्थान बलियो बनाउने लक्ष्यका साथ मैदान उत्रिँदैछन्। चितवन आफ्नो पछिल्लो जितको लय कायम राख्न चाहन्छ भने काठमाडौं लगातार चौथो जितको खोजीमा हुनेछ।






