काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।
हालसम्म पाँच खेल खेलेको विराटनगरले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ। चार अंकसहित विराटनगर अंकतालिकाको छैटौँ स्थानमा रहेको छ। यस्तै, पाँच खेलमध्ये एक खेलमा मात्रै जित निकालेको पोखरा चार खेलमा पराजित हुँदै अंकतालिकाको अन्तिम स्थानमा छ।
यसैगरी, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। अंकतालिकामा कर्णाली सातौँ स्थानमा रहँदा लुम्बिनी तेस्रो स्थानमा छ।






