काभ्रेपलाञ्चोक– काभ्रेको बनेपा नगरपालिका–६ बुडोलमा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा २० जना घाइते भएका छन्।
बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको बस र धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पताल लगिएको छ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार घाइतेमध्ये १६ जनाको शिर मेमोरियल अस्पताल र चार जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।






