वीरगञ्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

काठमाडौं । वीरगञ्ज कारागारबाट फरार भएका कैदी सुनिल साह तुरहा पक्राउ परेका छन् ।

बिहीबार बिहान कारागारको पर्खाल नाघेर फरार भएका साहलाई प्रहरीले पाँच घण्टाभित्रै भारतबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष प्रहरी टोलीले उनलाई भारतको आदापुरबाट पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका पर्साको पोखरिया निवासी साह विगत ११ वर्षदेखि वीरगञ्ज कारागारमा कैद सजाय भोग्दै आएका थिए ।