काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत साविक विजेता लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा कर्णालीका नयाँ कप्तान डेभिड मिलरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
नियमित कप्तान सोमपाल कामीको स्थानमा आज मिलरले कर्णालीको कप्तानी गरिरहेका छन्।
कर्णालीले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ। जिशान आलमको स्थानमा हुसेन तलत तथा सूर्य तामाङ र युवराज खत्रीको स्थानमा विपिन प्रसाद शर्मा र दीपेन्द्र रावतले पहिलो रोजाइमा स्थान पाएका छन्।
यता लुम्बिनीले पनि टोलीमा दुई परिवर्तन गरेको छ। ग्रान्ट स्टेवार्टको स्थानमा शमिम हुसेन र तिलक राज भण्डारीको स्थानमा आइकोनिक खेलाडी करण घर्ती मगरले पहिलो रोजाइमा खेल्ने अवसर पाएका छन्।






