काठमाडौँ । आज विश्व मधुमेह दिवस विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी विश्वभर मनाइँदैछ ।
मधुमेह रोगबारे जनचेतना फैलाउने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, समयमै पहिचान र उपचारमा पहुँच विस्तार गर्ने उद्देश्यले हरेक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाउने गरिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार पछिल्लो एक दशकमा उच्च आय भएका मुलुकको तुलनामा न्यून तथा मध्यम आय भएका देशमा मधुमेहको समस्या तीव्र गतिमा बढ्दै गएको छ । बढी तौल र मोटोपना यसका प्रमुख कारणमध्ये रहेका छन् ।
मधुमेह अन्धोपना, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने अवस्थासम्म निम्त्याउने प्रमुख रोगमध्ये एक हो । स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम र सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहँदा टाइप–२ मधुमेहको जोखिम कम गर्न सकिने चिकित्सकहरू बताउँछन् ।
मधुमेहको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण, औषधोपचार र यसबाट उत्पन्न हुन सक्ने जटिलताको उचित उपचारले गम्भीर स्वास्थ्य समस्या रोक्न तथा न्यूनीकरण गर्न सकिन्छ । नियमित उपचारसँगै जीवनशैलीमा सुधार गर्नु मधुमेह नियन्त्रणका लागि महत्वपूर्ण हुने चिकित्सकहरूको भनाइ छ ।
मधुमेहबाट जोगिन स्वस्थ जीवनशैली अपनाउन आवश्यक रहेको मधुमेह रोग विशेषज्ञ डा. विनय भट्टराईले राससलाई बताउनुकाठमाडौँ । आज विश्व मधुमेह दिवस विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी विश्वभर मनाइँदैछ ।
मधुमेह रोगबारे जनचेतना फैलाउने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, समयमै पहिचान र उपचारमा पहुँच विस्तार गर्ने उद्देश्यले हरेक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाउने गरिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार पछिल्लो एक दशकमा उच्च आय भएका मुलुकको तुलनामा न्यून तथा मध्यम आय भएका देशमा मधुमेहको समस्या तीव्र गतिमा बढ्दै गएको छ । बढी तौल र मोटोपना यसका प्रमुख कारणमध्ये रहेका छन् ।
मधुमेह अन्धोपना, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने अवस्थासम्म निम्त्याउने प्रमुख रोगमध्ये एक हो । स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम र सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहँदा टाइप–२ मधुमेहको जोखिम कम गर्न सकिने चिकित्सकहरू बताउँछन् ।
मधुमेहको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण, औषधोपचार र यसबाट उत्पन्न हुन सक्ने जटिलताको उचित उपचारले गम्भीर स्वास्थ्य समस्या रोक्न तथा न्यूनीकरण गर्न सकिन्छ । नियमित उपचारसँगै जीवनशैलीमा सुधार गर्नु मधुमेह नियन्त्रणका लागि महत्वपूर्ण हुने चिकित्सकहरूको भनाइ छ ।
मधुमेहबाट जोगिन स्वस्थ जीवनशैली अपनाउन आवश्यक रहेको मधुमेह रोग विशेषज्ञ डा. विनय भट्टराईले बताए।
टाइप–१ मधुमेह छिट्टै विकसित हुन सक्ने भए पनि टाइप–२ मधुमेह क्रमशः विकसित हुने र सुरुवाती चरणमा स्पष्ट लक्षण नदेखिन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक हुन्छ ।
डा. भट्टराईका अनुसार मोटोपना भएका, परिवारमा मधुमेहको इतिहास रहेका तथा कोलेस्ट्रोलको मात्रा उच्च भएका व्यक्तिले नियमित रूपमा मधुमेह परीक्षण गराउनुपर्छ । उहाँले ३५ वर्ष उमेर पुगेका सबैलाई नियमित स्वास्थ्य परीक्षण गराउन सुझाव दिए ।