काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १०० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ३ हजार ७०० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार घटेर ३ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
महासंघका अनुसार आइतबार १० ग्राम सुनको मूल्य २ लाख ३१ हजार ६५० रुपैयाँ तथा १० ग्राम चाँदीको मूल्य ३ हजार ८७ रुपैयाँ निर्धारण गरिएको छ।





