काठमाडौं -काठमाडौं उपत्यकासहित देशभर चिसो क्रमशः बढ्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो १ बजे काठमाडौंको तापक्रम १९ डिग्री सेल्सियस मापन गरिएको छ।
महाशाखाले दिएको जानकारीअनुसार आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस थियो भने हिजो बेलुकीको न्यूनतम तापक्रम २२.५ डिग्री सेल्सियस रहेको थियो।
देशका अन्य भूभागमा पनि तापक्रम घट्ने क्रम जारी छ। महाशाखाका अनुसार कोशी प्रदेशका ताप्लेजुङलगायतका हिमाली तथा पहाडी जिल्लाहरूमा न्यूनतम तापक्रम १० देखि १२ डिग्री सेल्सियस पुगेको छ। त्यस्तै कोशी प्रदेशकै मोरङलगायतका तराई क्षेत्रमा पनि न्यूनतम तापक्रम १० देखि १२ डिग्री सेल्सियसको बीचमा रहेको छ।
यसैगरी, मधेश प्रदेशमा समेत न्यूनतम तापक्रम १७ देखि १८ डिग्री सेल्सियसको हाराहारीमा पुगेको महाशाखाले जनाएको छ।





