दुई लाखले एकैसाथ टिकट खोज्दा केही मिनेटमै सकियो : क्यान

 काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिद गर्ने प्रयास गरेका थिए । तर, क्रिकेट मैदानको क्षमताअनुसार टिकट संख्या सीमित भएकाले केही मिनेटमै सबै टिकट बिक्री भएको क्यानले जनाएको छ ।

क्यानले नेपाली क्रिकेट र एनपीएलप्रति दर्शकले देखाएको माया, साथ र उत्साहप्रति आभार व्यक्त गरेको छ । साथै, टिकट खरिद गर्न नपाएका समर्थकलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।

टिकट पाउन नसकेका समर्थकलाई अनलाइन तथा आधिकारिक प्लेटफर्ममार्फत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग हेरेर प्रतियोगितालाई समर्थन गर्न पनि क्यानले आग्रह गरेको छ ।

918399276_1672429681208374_7872754176148430787_n-1795173760.jpg​ ​