नेपाललाई भारतको २ खर्ब ४० अर्ब सहयोग घोषणा

काठमाडौँ । भारतले प्रधानमन्त्री बालेन्द्र शाहको राजकीय भ्रमणका क्रममा नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । यद्यपि, उक्त सहयोगमध्ये कति रकम सहुलियतपूर्ण ऋण र कति अनुदानका रूपमा उपलब्ध गराइने भन्ने विषय भने स्पष्ट पारिएको छैन ।

नेपालले भारतसँग २ खर्ब भारु सहयोग माग गरेको थियो । नेपालले १ खर्ब भारु सहुलियतपूर्ण ऋण र १ खर्ब भारु अनुदानका रूपमा उपलब्ध गराउन प्रस्ताव गरेको थियो । तर भारतले नेपालको प्रस्तावभन्दा ४० अर्ब भारु बढी सहयोग घोषणा गरेको हो ।

नेपालले प्रस्ताव गरेको अनुदान रकममध्ये ५० अर्ब भारु रसुवामा बाढीपछि भएको क्षतिको पुनर्निर्माणमा र बाँकी ५० अर्ब भारु बुटवल–पोखरा एक्सप्रेस वे निर्माणमा खर्च गर्ने योजना बनाएको थियो ।

भारतले यसअघि पनि नेपालका लागि चारवटा लाइन अफ क्रेडिट (ऋण सुविधा) घोषणा गरिसकेको छ ।