काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएका छन्।
उच्चस्तरीय भेटवार्ता तथा संवादका क्रममा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन्। यसबाट दुई देशबीचको उच्चस्तरीय सम्बन्ध, आपसी सद्भाव र सहकार्यलाई थप सुदृढ बनाउने नेपालको चाहना व्यक्त भएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्नसमेत आह्वान गरेका छन्। पूर्वाधार, ऊर्जा, कनेक्टिभिटी लगायतका सम्भावनायुक्त क्षेत्रमा भारतीय पुँजी र प्रविधि भित्र्याएर दुवै देशले साझा समृद्धि हासिल गर्न सक्ने उनको विश्वास छ।
त्यसैगरी, प्रधानमन्त्री शाहले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) स्थापना गर्न भारतीय पक्षसँग प्रस्ताव गरेका छन्। उच्च शिक्षा, प्राविधिक दक्षता र नवप्रवर्तनको क्षेत्रमा सहकार्य विस्तार गर्दै दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्याउने उद्देश्यले उनले आईआईटी स्थापनाका लागि आग्रह गरेका हुन्।




