काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार कप्तान सन्दीप लामिछानेको नेतृत्वमा टोली सार्वजनिक गरेको हो । घोषित टोलीमा आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतम छन् ।
टोलीमा परेका अभिशेषले पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट खेल्ने अवसर पाउने सम्भावना छ । उनले हालै राइजिङ स्टार्स एसिया कपमा पाकिस्तान ‘ए’ विरुद्ध खेल्दै लिस्ट ‘ए’ क्रिकेटमा डेब्यू गरेका थिए ।
छनोट प्लेअफमा सहभागी हुन युगान्डा र इटालीका टोली नेपाल आइपुगेका छन् । नामिबियाको टोली पनि नेपालका लागि प्रस्थान गरिसकेको छ भने जर्सीको टोलीसमेत चाँडै नेपाल आउने तयारीमा छ ।
डिसेम्बर ४ देखि २१ सम्म सञ्चालन हुने छनोट प्लेअफमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।






