कात्तिक १६, काठमाडौं ।
र्यापर भिटेनको नयाँ गीत ’पारा’ संशोधनपछि पुनः रिलिज गरिने भएको छ ।
शनिबार एक विज्ञप्ति जारी गर्दै भिटेनले कार्तिक ८ गते रिलिज भएको आफ्नो गीतको शब्दका कारण विभिन्न निकाय र व्यक्तिप्रति ठेस पुग्न गएको गुनासो आएकाले कार्तिक १३ गते सो गीत आधिकारिक च्यानलबाट हटाइएको र गीत संशोधन गर्दै प्रकाशित गर्ने जनाएका छन् ।
विज्ञप्तिमा गीतबाट असुविधा पुगेका सम्बन्धितहरू निकायहरूसँग उनले माफी समेत मागेका छन् । त्यसैगरी पहिले रिलिज गरिएको गीतलाई अनधिकृतरूपमा अपलोड नगर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।
प्रहरीले गीतलाई लिएर कारवाही गर्ने तयारी गरेपछि भिटेनको उक्त गीत बिहीबार साँझ प्राइभेट बनाइएको थियो ।







