कोरोना संक्रमितहरूलाई पुन परीक्षण नगरी डिस्चार्ज गर्न परिपत्र

२५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले “नेशनल टेस्टिङ गाइडलाइन फर कोभिड-१९” जारी गरेसँगै उप्रान्त संक्रमितहरूलाई पुनपरीक्षण नै नगरी डिस्चार्ज गर्न देशैभरिका कोभिड-१९ अस्पताललाई पत्राचार गरी निर्देशन दिएको छ।

लक्षण भएका कोरोना संक्रमितलाई लक्षण देखिन छोडेको तीन ३ दिनपछि र लक्षण नभएकालाई भर्ना भएको १४ दिनपछि बिना परीक्षण डिस्चार्ज गर्न मन्त्रालयले निर्देशन दिँदै पत्राचार गरेको हो। 

यकातिर दिनदिनै संक्रमितको संख्या बढेको छ , अर्कोतिर मृत्युपछी मात्र संक्रमण पुष्टि भैरहेको अवस्थामा यो खालको निर्देशिका बन्नु सरकार कोरोनाप्रती गम्भिर नभएको प्रस्ट पार्दछ । अर्कोतिर नेपाल सरकारले कोरोना रोकथाम को निम्ती अर्बौ रुपैयाँ खर्च गरिसकेको छ ।

परीक्षण नगरी डिस्चार्ज गर्दा समुदायमा कोरोना संक्रमण फैलन सक्ने भन्दै जनस्वास्थ्य विज्ञहरु चिन्ता व्यक्त गरेका छन्। यसरी डिस्चार्ज गर्दा घरपरिवार र समुदाय संशकित हुने अवस्था आउँछ भने स्वयम् संक्रमित समेत ढुक्क नभई तनावमा पर्ने स्थिति सिर्जना हुन्छ।