कात्तिक २३, काठमाडौं ।
पछिल्लो समय बलिउडका कलाकार रातो टिकासहितका तस्वीर सामाजिक सञ्जालमा राख्न थालेका छन् । अझ पुरुष कलाकार ।
खासमा यो अक्षय कुमारको आउन लागेको फिल्म ‘लक्ष्मी’ को प्रमोशनका लागि गरिँदै छ । दिपावलीको अवसरमा अक्षय कुमार अभिनित यो फिल्म सिनेमाघर नभइ ओटिटिमा रिलिज हुँदैछ ।
यसकै लागि अक्षयले ‘अब हाम्रो पालो’ नामक अभियान सुरु गरेका छन् । रातो टिकासहितको आफ्नो तस्वीर इन्स्टाग्राममा राख्दै अक्षयले अन्यलाई पनि रातो टिकासहितको तस्वीर राख्न आग्रह गरेका छन् । यो तेस्रो लिंगीको समानताका लागि रहेको उनको भनाइ छ ।
उनको यस अभियानलाई बलिउडका अन्य कलाकारले पनि साथ दिएका छन् । कलाकार सिद्धार्थ शुक्लासहित अन्य फिल्म कलाकार र यी कलाकारका फ्यानले समेत रातो टिका लगाएका तस्वीर शेयर गरिरहेका छन् ।
फिल्म लक्ष्मीमा अक्षय ट्रान्सजेन्डरको भूमिकामा देखिँदैछन् । उनकी जोडी कियारा आडवाणी हुनेछिन् ।







