महन्थ र उपेन्द्रको अध्यक्षतामा जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता : डा.बाबुराम भट्टराई वरिष्ठ नेता

२५ जेठ, काठमाडौं । महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यसमिति अध्यक्ष बन्दै जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

डा.बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई वरिष्ठ नेताका रुपमा रहेका छन् ।

शुरुमा बाबुरामलाई संघीय परिषद् अध्यक्ष बनाउनेगरी सहमति भएतापनी दल दर्ता गर्ने क्रममा सहमति उल्टिएको थियो ।