स्वास्थ्य सामाग्री बितरण

२५ जेठ, गोरखा । नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठको पहलमा गोर्खा जिल्ला निर्वाचन क्षेत्र-२ मा कोरोना भाइरस संक्रमण (कोबिड-१९) रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री आज बितरण गरिएको छ ।

ती स्वास्थ्य सामग्रीहरु चार वटा गाउँपालिका र दुई वटा हस्पिटललाई हस्तान्तरण गरिएको हो।

पीपीइ (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट), सेनिटाइजर , सर्जिकल माक्स ,एन ९५ माक्स, फेस सिल्ड,गगल्स, थर्मल गन लगायतका स्वास्थ्य सामग्री नेकपाका स्थानीय नेताहरु मार्फत हस्तान्तरण गरिएका हुन् ।

कोबिड-१९ नियन्त्रणका लागि स्वस्थ्य सामग्री पालुङ्टार नगरपालिका, सिरान्चोक गाउँपालिका , अजिरकोट गाउँपालिका, बारपाक-सुलिकोट गाउँपालिकाका साथै आँपपिपल हस्पिटल र जौबारी स्वास्थ्य चौकीलाई वितरण गरिएको हो ।

अजिरकोटमा दिपक देवकोटा , पालुङ्टारमा बिबस चिन्तन , सिरान्चोकमा नवराज पुडासैनी र बारपाक सुलिकोटमा सुरेशकाजी श्रेष्ठले ती स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका थिए।

देश नै कोरोनाले ग्रसित अवस्थामा आज मात्र गोर्खामा एकैपटक १० जनामा कोरोना संक्रमण देखिएको छ ।