पोखरामा उपचाररत कोरोना सन्क्रमितको मृत्यु
२६ जेठ, पोखरा । पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोभिड–१९ बाट एक सङ्क्रमितको मृत्यु भएको छ ।
अस्पतालको आइसोलेसनमा उपचाररत स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज विज्ञप्ति जारी गरी पुष्टि गरेको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।







