थप ३१४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७ सय ६२ पुग्यो

२५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले, सोमबार नियमित प्रेस ब्रिफिङ मार्फत, देशभर पछिल्लो २४ घण्टामा ३१४ जनामा कोरोना पोजिटिभ देखिएको बताए ।

पोजिटिभ देखिएको मध्ये २ सय ९४ जना पुरुष र २० जना महिला छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ । संक्रमितमध्ये ३ हजार २ सय ६० जना आइसोलेसनमा उपचार गराईरहेका छ्न् भने ४८८ निको भइसकेका छ्न् ।

हाल सम्म कोरोना सन्क्रमणबाट १४ जनाको मृत्यु भएको छ ।