२७ जेठ, काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका- १० कान्छिबजारको एउटा गाई फार्ममा काम गर्नेहरुको गए राति जेष्ठ २६ गते पाँचजनाको हत्या भएको छ ।
मृतकको विवरण खुल्न बाँकी छ। सोही गाई फार्ममा काम गर्ने एक जना भने फरार रहेको बुझिएको छ । हत्याको प्रकृती हेर्दा भने धारिलो हतियार प्रयोग भएको देखिन्छ ।







