मंसिर २, काठमाडौं ।
नेपालीहरुको पर्व तिहारको अन्तिम दिन, भाइटिका । सोमबार दिदी बहिनीहरुले दाजुभाइहरुलाई सप्तरंगी टिका लगाइदिएर मनाएका छन् । नेपाली चलचित्रका कलाकारहरुले पनि यस दिनलाई विशेष रुपमा मनाएका छन् ।
नायक आर्यन सिग्देलले आफ्ना दिदीबहिनीसँग भाइटिका लगाउँदै गर्दा नायक अनमोल केसीले आफ्नो दिदी र बहिनीसँग भाइटिका लगाएका छन् । अनमोलकी दिदी काजोल भाइटिकाकै लागि अमेरिकाबाट नेपाल आएकी थिइन् ।

नायक भूवन केसीले पनि आफ्नी दिदीसँग भाइटिका लगाएका थिए । नायिका प्रियंका कार्की, सुहाना थापा, आँचल शर्मा, केकी अधिकारीले पनि भाइटिका विशेष रुपमा मनाएका छन् ।


यस्तै, नायिका पूजा शर्माले भाई अभिषेकसँग टिका लगाउँदै गर्दा नायक आकाश श्रेष्ठले पनि यसपटकको टिका पूजाकै घरमा बहिनीसँग लगाएका छन् । आकाशकी दिदीको भाइटिका नभएपछि उनी दाङ गएनन् ।
नायक पल शाहले आफ्नी बहिनीसँग भाइटिका लगाए । गायक दुर्गेश थापाले पनि पलकी बहिनीसँग नै भाइटिका लगाएका छन् । पल र दुर्गेसको मित्रता केही समययता बलियो बनेको छ ।
















