२७ जेठ, काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका- १० कान्छि बजारको एउटा गाई फार्ममा गए राति पाँच जनाको हत्या भएको छ ।
मृतकहरु माधव मुसहर, जानकी मुसहर, पोखरा मुसहर, आशिष चौधरी र करण चौधरी रहेको छ।
सोही गाई फार्ममा काम गर्ने एक जना भने फरार रहेको बुझिएको छ । हत्याको प्रकृती हेर्दा भने धारिलो हतियार प्रयोग भएको देखिन्छ । अनुसन्धानको लागी प्रहरीले सुर्खेतका झपेन्द्र सिजापतीलाई नियन्त्रणमा लिइसकेको छ ।







