थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार ८५ पुग्यो

संक्रमित ४०८५

२६ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित प्रेस ब्रिफिङ मार्फत, देशभर पछिल्लो २४ घण्टामा ३२३ जनामा कोरोना पोजिटिभ देखिएको बताए । पोजिटिभ देखिएको मध्ये २ सय ९२ जना पुरुष र ३१ जना महिला छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । संक्रमितमध्ये ५८४ जना निको भइसकेका छ्न् । हाल सम्म कोरोना सन्क्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

म‌ंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । यो सँगै कोरोना संक्रमण फैलिएको जिल्लाको स‌ंख्या ७२ पुगेको छ ।