एक सय सामुदायिक विद्यालयलाई थर्मोगन वितरण

मंसिर ५, काठमाडौं ।
कोभिड–१९ लाई मध्यनजर गर्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँले उपत्यकाका एक सय सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ । विद्यार्थी तथा शिक्षक कर्मचारीको दैनिक तापक्रम नाप्नका लागि सहयोग होस् भन्ने उद्देश्यले प्रतिविद्यालय एउटा थर्मोगन वितरण गरिएको हो ।

सो अवसरमा रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर राजीव पोखरेलले विद्यालय खोल्ने तयारी गर्न लागेको बेला उक्त मेसिन उपयोगी हुने बताए ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका–२९ का वडाध्यक्ष कुश ढकाल, रोटरी क्लब अफ डिल्लीबजारका अध्यक्ष सञ्जय चौधरीलगायतको सहभागिता थियो । (रासस)