मंसिर ५, काठमाडौं ।
बलिउड नायक शाहरुख खान २ बर्षपछि चलचित्रको छायांकन सेटमा फर्किएका छन् । २ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘जिरो’पछि साहरुखले चलचित्रमा काम गरेका थिएनन् ।
लामो ब्रेक लिएपछि उनले चलचित्रको छायांकन सुरु गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । साहरुखले बुधबारबाट चलचित्र ‘पठान’को छायांकन सुरु गरेका हुन् ।
बुधबारबाट यो चलचित्रको छायांकन यशराज स्टूडियोमा सुरु भएको छ । लामो कपाल पालेका साहरुख यो चलचित्रमा एक्सन अवतारमा देखिनेछन् ।
चलचित्रमा नायिकाको रुपमा दीपिका पादुकोणले काम गर्दैछिन् । चलचित्रमा नायक जोन अब्राहिम खलनायकको भूमिकामा देखिदैछन् । जोनले जनवरीदेखि यो चलचित्रको छायांकन सुरु गर्ने बताइएको छ ।







