२८ जेठ, काठमाडौं । आज दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल हुनेछ ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन घोषणा गरिएको छ । लकडाउनको पछिल्लो अवधि जेठ ३२ गते सकिँदैछ । असार १ गतेदेखि लागु हुनेगरी सरकारले लकडाउनको अहिलेको स्वरूप बदल्न लागेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि कोभिड १९ नियन्त्रणको केन्द्रीय कमान्ड सम्हालिरहेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरले लडकाउन खुकुलो बनाउने ६ चरणको मोडालिटी प्रस्तुत गरेको थियो ।







