बागलुङ। बागलुङमा यसअघि नै दुईजना कोरोना संक्रमित भेटिएका थिए । उनीहरु स्वास्थ्यलाभ समेत गरिसकेका छन् । एक महिनाअघि (वैशाख १३ गते) बागलुङकी संक्रमित दोस्री युवती संक्रमणमुक्त हुँदै डिस्चार्ज बनेकी थिइन् ।
कोरोनामुक्त बनेको एक महिनापछि बागलुङमा एकैदिन ६ संक्रमित भेटिएका छन् । उनीहरु सबै भारतबाट आएका हुन् । जनस्वास्थ्य प्रयोगशाला स्रोतका अनुसार मंगलबार राति नै निर्देशनालयलाई रिपोर्ट दिइसकेको जनाएको छ ।
संक्रमित सबैलाई धौलागिरि अस्पताल ल्याउने तयारी भइरहेको छ ।







