सबैखाले हिंसाको अन्त्य हुनुपर्छ : खानेपानीमन्त्री मगर

मंसिर, ११ कञ्चनपुर । । खानेपानीमन्त्री बीना मगरले लैङ्गिक हिंसाविरुद्ध समाज एकबद्ध भएर अगाडि बढ्नुपर्ने बताउकी छिन्। बुधबार पुनर्वास नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले हिंसारहित समाज निर्माणका लागि समाजका हरेक तप्काले एकबद्ध भएर अगाडि बढ्नुको विकल्प नरहेको बताइन्।

समतामूलक समाज निर्माण भएपछि मात्रै विकास र समृद्धि आउन सक्ने उनको भनाइ थियो । समुन्नत समाज निर्माणका लागि सबैखाले हिंसाको अन्त्य हुनुपर्ने उनले बताइन् । चुनावका बेला गरेका प्रतिबद्धताअनुरूपका कार्य अगाडि बढाइएको चर्चा गर्दै उहाँले अधुरा विकास निमार्णका योजना सम्पन्न गर्नका लागि सक्दो पहल भइरहेको बताइन्।

“विकास निर्माणको कार्यमा राजनीति गरिनु हुँदैन”, उनले भनिन्, “विकास सबैका लागि हो । सबैले हातेमालो गरी अगाडि बढाउनुपर्छ ।” सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याउने लक्ष्य लिइएको कुरामा जोड दिँदै उनले यसका लागि खानेपानीका केही आयोजना पूरा भएको र केही आयोजना निर्माणाधीन अवस्थामा रहेको बताइन्।